सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट थप एक जना लागुऔषधसहित पक्राउ

२०८१ वैशाख २४, ०५:५४ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट लागुऔषध सहित एक जना पक्राउ परेका छन्।

जिल्लाको शुक्लाफाटा नगरपालिका–३ जोनापुर स्थित पक्की सडक खण्डबाट लागुऔषध सहित सोही ठाउँका २४ वर्षीय भुवन सिंह पक्राउ परेका छन्।

उनको साथबाट ०.१९ ग्राम लागुऔषध खैरो  हेरोईन जस्तो देखिने धुलो पदार्थ र ०.८१ ग्राम चरेस जस्तो देखिने कालो पदार्थ सहित नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले  जनाएको छ। यस अघि एक जना लागुऔषधसहित आइतवार पक्राउ परेका थिए।

कमेन्ट लोड गर्नुस