सुदूर नेपाललाई विश्वसँग जोड्दै

बालविवाह अन्त्यका लागि सचेतनावृद्धिमा जोड

२०८१ वैशाख १७, ०३:१६ रासस

काठमाडौँः बालविवाह अन्त्यका लागि पुरुष सहभागिता र विद्यालय तहका पाठ्यपुस्तकमै सचेतामूलक विषय समावेश गर्न जरुरी रहेकामा सरोकारवालाले जोड दिएका छन्। 

गैरसरकारी सङ्स्था सिविनले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सहभागी सरोकारवालाले लैङ्गिक हिंसा अन्त्य गर्न विद्यालय तहदेखि नै सचेतना अभिवृद्धि र पुरुषको सहयोगका विषय पाठ्यपुस्तकमा समावेश गरिनुपर्नेमा जोड दिनुभएको हो। 

कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, लैङ्गिक हिंसा निवारण शाखाका प्रमुख ममता विष्टले लैङ्गिक हिंसा अन्त्यमा भएका सरकारी पहल र प्रावधानका विषयमा प्रस्तुति दिँदै बालविवाह अन्त्यका लागि सबैको सहयोग जरूरी रहेको बताए।  एनले मन्त्रालयले गठन गरेको लैङ्गिक हिंसा अन्त्यका लागि पुरुष सञ्जाल र सञ्जाल सक्रिय बनाउन भइरहेका प्रयासबारे समेत जानकारी दिए। 

सिविन नेपालका प्रतिनिधि निरिजना भट्टले समाजमा व्याप्त लैङ्गिक हिंसासँग सम्बन्धित घटना न्यूनिकरणका लागि थप क्रियाशीलताको खाँचो औँलयाउनुभयो। ‘बालिका दुलही होइनन्’ भन्ने अभियानका प्रमुखसमेत रहेका भट्टले भने,“समाजमा व्याप्त लैङ्गिक हिंसाका थुप्रै कारण छन्।, त्यसको न्यूनीकरणका लागि सबैको सहयोग र सहकार्य आवश्यक छ। 

सिविन नेपालले सञ्चालन

र्दै आएको बाल हेल्पलाइन नेपाल मोरङ् १०९८ का संयोजक वासु अधिकारले मोरङको बुढीगङ्गा गाउँपालिकाको मुसहर समुदायमा बालबालिको भयावह अवस्था रहेको र त्यसविरुद्ध स्थानीय तहसँगको सहकार्यमा काम गर्दैआएको बताए। कार्यक्रममा लैङ्गिक हिँसा अन्त्यका लागि पुरुष सहभागितासम्बन्धी रणनीति २०७४ को प्रभावकारिता र आवश्यक परिमार्जन लगायतका विषयमा समेत  छलफल भएको थियो। सहभागीले सरकारी रणनीतिमा अझै पनि लैङ्गिक अल्पसङ्ख्यकका विषय नसमेटिएका गुनासो गर्नुभयो।   
 

कमेन्ट लोड गर्नुस