सुदूर नेपाललाई विश्वसँग जोड्दै

क्रिकेटर लामिछानेको मुद्दामा आज सुनुवाइ हुने

२०८१ जेठ २, ०५:४५ खबर संवाददाता

काठमाडौँः उच्च अदालत पाटनमा क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबर्जस्ती करणीसम्बन्धी मुद्दा आज सुनुवाइ हुने भएको छ।

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा हिजो (मंगलवार) बहस भएको र सुनुवाइ नसकिएपछि आज सुनुवाइ हुने भएको हो। यसअघि जिल्ला अदालत काठमाडौँले लामिछानेलाई बलात्कारमा दोषी ठहर गर्दै आठ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो। सोही फैसलाविरुद्ध गएको पुनरावेदन निवेदनमा बहस भइरहेको हो।

कमेन्ट लोड गर्नुस