सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा कर्तव्य ज्यान मुद्दाका १ जना फरार दोषी पक्राउ 

२०८१ वैशाख १३, ११:३२ खबर संवाददाता

धनगढीः कैलालीमा कर्तव्य ज्यान मुद्दाका १ जना फरार दोषी पक्राउ परेका छन्।

कैलालीको लम्की–चुहा नगरपालिका–३ ब्यबस्थितनगर बस्ने ५४ वर्षीय लालमनि तिमिल्सेना बुधवार पक्राउ परेका हुन्। उच्च अदालत दिपायलको मिति २०८० पुस २४ गतेको फैसलाले कर्तब्य ज्यान मुद्दामा १० वर्ष कैद र १ लाख जरिवाना तोकेपछि तिमिल्सेना फरार रहेका थिए।

तिमिल्सेनालाई घरबाट प्रहरी सहायक निरिक्षक ताराबहादुर ठकुल्लाको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरी कैद सजायका लागि जिल्ला अदालत कैलालामा बुझाईएको प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक कबिन्द्रबहादुर बोहराले जानकारी दिए। 

कमेन्ट लोड गर्नुस