सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट ८० हजार बराबरको तस्करीको सामान बरामद

२०८१ वैशाख १२, ०५:५८ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीबाट प्रहरीले तस्करीको सामान बरामद गरेको छ।

धनगढी उपमहानगरपालिका–१ श्रीलङ्का टापुबाट बुधवार प्रहरीले अन्दाजी ८० हजार मुल्य बराबरका प्याज, बेल्टको कडी, सारी लगाएतका तस्करीको सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कबिन्द्र बोहराले बताए।

बरामद गरेको सामान कारबाहीका लागि भन्सार कार्यालय पठाएको छ।
 

कमेन्ट लोड गर्नुस