सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा जबरजस्ती करणीमा दोषी ठहर एक जना पक्राउ

२०८१ वैशाख १२, ०४:०१ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा जबरजस्ती करणीमा दोषी ठहर एक जना पक्राउ परेका छन्।

जबरजस्ती करणीमा जिल्ला अदालतबाट दोषी ठहर तर फरार रहेका युवकलाई पक्राउ गरिएको हो।

आज (बुधबार) वडा प्रहरी कार्यालय धनगढीबाट प्रहरी निरीक्षक जनकराज ढुङ्गानाको कमाण्डमा खटिएको प्रहरी टोलीले जबरजस्ती करणीमा दोषी ठहर तर फरार भएका व्यक्तिलाई नियन्त्रणमा लिएको हो। कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ का ३८ वर्षीय रामबहादुर चौधरीलाई धनगढी उपमहानगरपालिका–५ हसनपुरबाट पक्राउ गरेर जिल्ला अदालत कैलालीमा पठाइएको छ।

कमेन्ट लोड गर्नुस