सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको सहिद गेटबाट चोरी भएको मोटरसाईकल फेला, २ युवक पक्राउ

२०८१ वैशाख १२, १२:१८ खबर संवाददाता

धनगढीः धनगढीको सहिद गेटबाट चोरी भएको मोटरसाईकल फेला परेको छ।

चोरी गर्ने २ युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा कञ्चनपुरको बेदकोत नगरपालिका वडा नम्बर–२ बसन्थलाका १८ वर्षीय सन्देश खत्री र बेदकोत नगरपालिका वडा नम्बर–२ को १८ वर्षीय लोकेश बोहरा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी कबिन्द्रसिंह बोहराले जानकारी दिए।

बेदकोत नगरपालिकाको स्थानीयले देखेपछि बाइक धनी निरज चौधरीलाई खबर गरेपछि प्रहरीको सहकार्यमा चौधरीसहितको टोली गएर चोरी गर्ने दुबै युवकलाई पक्राउ गरिएको छ। अहिले ती युवकलाई जिल्ला प्रहरी कार्यालय कैलालीले पत्रकार सम्मेलन गरेर सर्वजनिक गर्ने जनाएको छ। 

धनगढी उपमहानगरपालिका–४ चटकपुर सहिद गेटको एम कलर सेन्टरको अगाडी राखेको निरज चौधरीको सुदूरपश्चिम प्रदेश ०१०१० प ७९७८ नम्बरको २०० सिसि एनएस बल्याक र ग्रे कलरको मोटरसाईकल आइतवार राति १ बजेदेखि २ बजेको बिचमा चोरी भएको थियो।

कमेन्ट लोड गर्नुस