सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटी घर भएका एक युवक तीन दिनदेखि बेपत्ता

२०८१ वैशाख ८, ०१:५४ खबर संवाददाता

धनगढीः डोटीको आदर्श गाउँपालिका–७ दहटोल घर भएका खगेन्द्र दाहाल तीन दिनदेखि बेपत्ता भएका छन्।

दाहाल घरबाटै बेपत्ता भएका हुन्। धनगढीस्थित  सुदूरपश्चिमाञ्चल एकेडेमीको कक्षा ११ मा अध्ययनरत दाहालमा डिप्रेसनको समस्या देखा परेपछि परिवारले उनलाई घर लगेको थियो। घरबाटै अचानक शुक्रवार हराएका दाहाल आजसम्म फेला नपरेको आफन्त टेकराज दाहालले बताए।

सामाजिक सञ्जालमा सक्रिय देखिएका दाहालले आफू भारतको नयाँ दिल्लीस्थित जामा मस्जिदमा पुगेर धर्म परिवर्तन गरेको उल्लेख गरेको भए पनि प्रहरीले लोकेसन ट्र्याकिङ्ग गर्दा उनी अत्तरिया क्षेत्रमा रहेको देखिएको आफन्त टेकराज दाहालले बताए। गहुँगोरो वर्ष १९ का अन्दाजी पाँच फिट अग्लो ज्यान भएका खगेन्द्रलाई देख्ने जोकोहीले नजिकको प्रहरी तथा मोबाइल नम्बर ९७४२४०९४०४ मा सम्पर्क गरि सहयोग गरिदिन परिवारका सदस्यले आग्रह गरेका छन्।

कमेन्ट लोड गर्नुस