सुदूर नेपाललाई विश्वसँग जोड्दै

गेटामा भारतीय नम्बरको कारले ठक्कर दिंदा साइकलयात्री घाइते

२०८१ वैशाख ७, ०६:०८ खबर संवाददाता

धनगढीः कैलालीको गेटामा भारतीय नम्बर प्लेटको कारले ठक्कर दिंदा एक जना साइकलयात्री घाइते भएका छन्।

गोदावरी नगरपालिका–५ गेटामा यूपी ३२ एनपी १०४३ भारतीय नम्बरको कारले ठक्कर दिंदा साइकलयात्री घाइते भएका हुन्। घाइते हुनेमा कैलारी गाउँपालिका–७ का ३३ वर्षीय तुलसीराम चौधरी रहेको इलाका प्रहरी कार्यालय मालाखेती जनाएको छ।

घाइते चौधरीको माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ। कार चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले बताए।

कमेन्ट लोड गर्नुस