सुदूर नेपाललाई विश्वसँग जोड्दै

साना पार्टी नरहने अवस्था सृजना गर्नुपर्ने बेला आयोः गगन थापा

२०८१ वैशाख ४, १२:२१ खबर संवाददाता

धनगढीः नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुकमा साना पार्टी नरहने अवस्था सृजना गर्नुपर्ने अवस्था आएको बताएका छन्।

समुदायमा कांग्रेस अभियान अन्तर्गत धनगढीमा रेशम रन्जिता विवादलाई सङ्केत गर्दै उनले साना पार्टीका कारण घर झगडा बढिरहेको भन्दै उनले त्यस्तो बताएका हुन्। ‘पार्टीका कारण घर झगडा बढिरहेको छ।’ थापाले नेपाली कांग्रेसले आगामी एक वर्षसम्म सरकारमा जान नहुने समेत बताए। ‘२०८१ साल भरि सिंहदरबारतिर फर्केर नहेरौँ। बालुवाटारतिर पनि फर्केर नहेरौँ’ उनले भने।

थापाले आगामी निर्वाचनमा कांग्रेसले कसैसँग पनि तालमेल नगर्ने र एमालेले पनि गर्न नहुने बताए। गठबन्धन नगर्ने नीति लिँदा गुटबन्दी पनि अन्त्य गर्नुपर्ने उनले बताए। उनले सरकारमा जाँदा होस् या मन्त्री बन्दा गुट बलियो बनाउने गरी लागेको आरोप लगाए। सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुन आवश्यक रहेको थापाले बताए। पूर्वी नेपालबाट सुरु भएको समुदायका कांग्रेस अभियान कञ्चनपुरमा आज सकिँदै छ।

कमेन्ट लोड गर्नुस