सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा कांग्रेसका उम्मेदवार सिंहको अग्रता कायमै 

२०८१ वैशाख १७, ०८:०९ खबर संवाददाता

बझाङः बझाङ क्षेत्र नम्बरः१ (क)मा नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहको अग्रता कायमै रहेको छ। हालको नयाँ मतगणना परिणामअनुसार सिंहले आठ हजार २२७ मत प्राप्त गरेका छन्। 

ययसैगरी, उनका प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार दमनबहादुर भण्डारीले सात हजार ९७४ मत प्राप्त गरेका छन्। कांग्रेसका सिंह २५३ मतले अगाडि छन्। त्यस्तै नेकपा (माओवादी केन्द्र)का उम्मेदवार जनकबहादुर बुढाले दुई ९९३ मत र नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार दिलबहादुर सिंहले दुई १६२ मत प्राप्त गरेका छन्।

यो मत परिणाम बझाङको जनपा, खप्तडछान्ना, छविसपाथिभेरा, थलारा–९, सुर्मा गाउँपालिका र मस्ता गाउँपालिका १ र २ को अन्तिम मत परिणाम हो। अब तल्कोट गाउँपालिका र साइपाल गाउँपालिका मतगणना हुन बाँकी छ।

कमेन्ट लोड गर्नुस