सुदूर नेपाललाई विश्वसँग जोड्दै

नागरिक उन्मुक्तिका दुई मन्त्रीलाई तोकियो जिम्मेवारी

२०८० चैत्र १५, १२:५३ खबर संवाददाता

धनगढीः नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश सभा सदस्य बनेका दुई जना मन्त्रीलाई जिम्मेवारी तोकिएको छ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले दुई विना विभागीय मन्त्रीलाई जिम्मेवारी दिएका हुन्। लक्ष्मणकिशोर चौधरीलाई सामाजिक विकास मन्त्रालय र खुशीराम चौधरीलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ।

दुबै मन्त्रीले जिम्मेवारीको पत्र समेत बुझिसकेका छन्। सत्ता टिकाइराख्न हदैसम्मको प्रयासमा रहेका मुख्यमन्त्री शाहले नागरिक उन्मुक्तिले समर्थन फिर्ता लिनेसम्मको निर्णय गरिसकेपछि पनि उनै मन्त्रीलाई जिम्मेवारी दिन लागेका हुन्।

कमेन्ट लोड गर्नुस