सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको क्रिसेन्ट सिटी स्कुल बन्यो लिटिल बुद्ध टी–२० कपको उप–विजेता

२०८० चैत्र ४, ०७:०८ खबर संवाददाता

धनगढीः धनगढीको क्रिसेन्ट सिटी स्कुल कञ्चनपुरको महेन्द्रनगरमा जारी लिटिलबुद्ध टी २० क्रिकेट कपको उप–विजेता बेनेको छ।

महेन्द्रनगरको इन्टरनेस्नल पब्लिक स्कुलले उपाधी कब्जा गर्दा क्रिसेन्ट सिटी स्कुल उप– विजेता बनेको हो। शनिवार भएको फाइनल खेलमा धनगढीको क्रिसेन्ट सिटी स्कुलले ४ विकेटले इन्टरनेस्नल पब्लिक स्कुलसँग पराजित हुनु परेको हो। इन्टरनेस्नल पब्लिक स्कुलले नगद १ लाख सहित ट्रफि हात पारेको छ भने उप– विजेता क्रिसेन्ट सिटीले नगद ५० हजारसहित ट्रफि हात पारेको छ।

टस हारेर ब्याटिङको निम्तो पाएको सिसिएसको प्लस टुको टोलीले  १६ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १ सय २ रन बनाएको थियो। ब्याटिङतर्फ सिसिएसका सुशील सिंह, हरिश शाही र समिर चौधरीले सर्वाधिक १६–१६ रनको योगदान गरे। यस्तै सुवास सिंहले १४, अरुणसिंह धामीले ११ रन बनाएका थिए। बलिङतर्फ इन्टरनेस्नलका पंकज चन्दले सर्वाधिक ४ विकेट लिएका थिए।

यस्तै रोशन लुहारले ३ र आयुष चन्दले २ विकेट लिएका थिए। १ सय ३ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रेको इन्टरनेस्नल पब्लिक स्कुलले १७ दशमलव २ ओभरमा ६ विकेट गुमाउँदै सहजै लक्ष्य भेटाएको थियो। प्रतियोगितामा सिसिएसका आयुष चन्द म्यान अफ द म्यान घोषित भए। 
 

कमेन्ट लोड गर्नुस