सुदूर नेपाललाई विश्वसँग जोड्दै

गृहमन्त्री बादल र मुख्यमन्त्री भट्टबीच भेटवार्ता

२०७५ जेठ ९, १०:५७

संघिय सरकारका गृहमन्त्री राम बहादुर थापा “बादल” र प्रदेश नं.७ का मुख्यमन्त्री त्रिलोचन भट्टबीच आज विहान भेटवार्ता भएको छ । मुख्यमन्त्री निवासमा विहान ७ बजे गृहमन्त्री बादल र मुख्यमन्त्री भट्टबीच भएको भेटवार्तामा द्धिपक्षिय हितका बारेमा छलफल भएको हो । ३० मिनेट भएको छलफलका क्रममा प्रदेश सरकारको सुरक्षा अबस्था, सिमा सुरक्षा,त्रिदेशिय नाका दार्चुलाको तिंकरमा १२ महिनै सुरक्षा पोष्ट राख्नुपर्ने र केन्द्र सरकार र प्रदेश सरकारबीचको आबश्यक समन्वयका बारेमा छलफल भएको छ ।

तिंकर नाकामा ६ महिना मात्र सुरक्षा पोष्ट राख्ने गरिएको छ । भारतसंग जोडिएका प्रदेश नं.७ का सबै सिमाक्षेत्रका भूगोलहरुमा सुरक्षा चेक पोष्ट राख्ने बिषयमा समेत छलफल भएको छ ।  छलफलका क्रममा गृहमन्त्री बादलले प्रदेशको सुरक्षा अबस्था मजबुत, सिमा सुरक्षा र तिंकर नाकामा हिउँदे महिनामा पनि सुरक्षा पोष्ट राख्ने बिषयमा सकारात्मक प्रतिकृया दिएको बताईएको छ ।

कमेन्ट लोड गर्नुस