सुदूर नेपाललाई विश्वसँग जोड्दै

महेन्द्रनगरमा बम विस्फोट

२०७५ जेठ १३, ०१:२१

कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर बजारमा बम विष्फोट भएको छ । महेन्द्रनगर नगर विकास समितिको जग्गा भाडामा लिएर सञ्चालनमा रहेको देवस्वामी फर्निचर उद्योगको निर्माणाधिन भवनमा आज बिहान वम विस्फोट भएको सञ्चालक कैलाश सुनारले बताए ।  बम विष्फोटबाट मानवीय क्षति नभए पनि निर्माणाधीन भवनको पर्खाल प्वाल परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता ज्ञान बहादुर सेटीले जानकारी दिए । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

 

कमेन्ट लोड गर्नुस