सुदूर नेपाललाई विश्वसँग जोड्दै

त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलपछि देशकै लामो धावन मार्ग रहेको धनगढी विमानस्थलमा भीओर

डीएमई जडान भएको छ। जापान अन्तरार्ष्ट्रिय सहयोग नियोग जाईकाले यसअघि नै धनगढी विमानस्थलमा भीओर डिएमई र एप्रोच लाइट जडानका लागि सम्झौता गरेको थियो। अहिले दिशा निर्देशक भीओर र दुरी सूचक यन्त्र डीएमईको जडान कार्य सफल भएको छ। जाइकाले नयाँ स्टिमेट तयार पारेर जडान गरेको हो। रात्रिकालीन र कम भिजिबिलिटीमा पनि उडान भर्न सकिने गरी विमानस्थलमा उक्त उपकरण जडान गर्ने कार्य सफल भएको छ।

कमेन्ट लोड गर्नुस