सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्य र वातावरणका लागि धनगढीमा साईकल र्‍याली

हाम्रो लागि स्वास्थ्य र वातावरण,स्वास्थ्य र वातावरणका लागि साईकल भन्ने नाराका साथ शनिबार धनगढीमा साईकल र्‍याली निकालिएको छ। सहयोगी हातहरुको आयोजनामा धनगढी चौराहबाट सुरु भएको साईकल र्‍याली मेनरोड, अस्पताल रोड, क्याम्पस चोक हुदै एलएन चोकमा पुगेर समापन गरिएको छ। त्यसअघि धनगढी चौराहबाट सुन्दर सुदूरपश्चिमका अभियान्ता गोपाल हमालले साईकल चलाउदै र्‍याली सुरु गरेका थिए। साइकल र्‍यालीमा धनगढीका युवायुवतीहरुको उल्लेख्य सहभागिता रहेको थियो।र्‍यालीमा साईकल यात्रीहरुले साईकल चलाऔँ प्रदुषण घटाआँै, साईकल चलाऔँ अनावश्य खर्च घटाऔँ, साईकल चलाऔँ तनदुरुस्त बनौँ भन्ने नारा लेखिएका प्ले कार्ड पनि बोकेका थिए। 

कमेन्ट लोड गर्नुस