होमस्टेका पर्यटकको रोजाईमा स्थानीय परिकार
धनगढीको भादमा गाउँमा होमस्टे सञ्चालन गरेका पुनाराम चौधरीको होमस्टेमा सोमबार मात्र ३० जना आन्तरीक पर्यटक आए। होमस्टे घर नम्बर २ का सञ्चालक चौधरीको परिवारमा ६ जना रहेकोमा सवै होमस्टेमा काम गर्दै अाएका छन्। घरमा उत्पादन भएको परिकारबाट उनिहरुले सेवा दिदै आएका छन्। होमस्टेमा आउने पर्यटकहरुले थारु समुदायको स्थानीय परिकारहरुलाई रोजाईमा पार्ने गरेका छन्।
DSC00070.JPG
२० घरमा सञ्चालन भएको होमस्टेमा एक परिवारले मासिक ३५-४० हजारको हाराहारीमा आम्दानी गर्ने गरेका छन्। २० वटा घरमा एक घर अहिले सडकले भत्काएको छ। एक घर भत्किएकाले अहिले १९ घरहरु होमस्टेको सेवा दिईरहेका छन्। १९ घरका १ सय ५० जना सदस्यहरुले रोजगारी पाएका छन्। उनिहरुले थारुका परिकारहरु ढिक्री, पनझझन, खुर्मा, बरीया, अण्डीक रोटी, घोंघी, गेङ्टा, सिन्की, फुलौरी, सुतही,मुसाको मासु, बैरीक चट्नी जस्ता परिकार बनाउँछन्। होमस्टेका पाहुनाहरुको रोजाईमा पनि यिनै परिकारहरु रहेका छन्। होम स्टेकी सञ्चालीका कञ्चनदेवि बखरीयाले थारुका स्थानीय परिकार पर्यटकको रोजाईमा रहेको बताईन्।
DSC00068.JPG
सुदूरपश्चिम प्रदेशममा सबैभन्दा पहिले घरबास (होमस्टे) सञ्चालन गरेको भादावासीका लागि होमस्टे आयआर्जनको गतिलो माध्याम भएको छ। गाउँमा सञ्चालित होमस्टे आयआर्जनको पाटोमा सहयोगी बनेको भादावासीहरुले बताएका छन्। उनिहरुले पर्यटनको माग अनुसारेको सेवा समेत दिईरहेका छन्। थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नम्वर १६ का अध्यक्ष लक्ष्मीनारायण चौधरीले होमस्टेमा आउने पर्यटकको संख्यामा बृद्धि हुदै गएको बताए। हाेमस्टेमा आउने पर्यटकलाई सखिया, झुमरा, लट्ठहुवा जस्ता मौलिक थारु नृत्यको पनि आनन्द लिन पाईने समितिले बताएको छ।
DSC00168.JPG
भादा थारु होमस्टेमा विशुद्ध थारु संस्कृति र खानपानको लागि परिचित छ। धनगढी उप–महानगरपालिका वडा नम्बर १६ भादामा २०६७ पुष १७ गतेदेखि सञ्चालन भएको भादा होम स्टेमा ८ बर्षको अवधिमा ३५ हजार बढि पर्यटकले अवलोकन गरेका छन्।
DSC00121.JPG
अन्य देशबाट केही पर्यटक आएपनि धनगढी सहितका नेपालका विभिन्न क्षेत्रबाट आउने पर्यटकको संख्या भने बढि छ। उनिहरुको रोजाई नै थारु समुदायको स्थानीय परिकारहरु रहेको छ। भादाका २० घरमा सञ्चालन भएको होमस्टेमा सबैका परिवारका सदस्यले रोजगारी पनि पाएका छन्।