कृषि अनुदानका नाममा सुदूरपश्चिम सरकारको ठगी !
धनगढी उपमहानगरपालिका वडा नम्बर १६ घसिटाको हरिराम माछा पशुपंछी तथा तरकारी बहुउद्देश्यिय फार्मले १० कठ्ठा जग्गामा नयाँ माछा पोखरी निर्माणका लागि अनुदान माग्यो। उक्त फार्मका लागि प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मातहतको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले गत वर्ष एक लाख २५ हजार दुई सय अनुदान बजेट स्वीकृत गरेको थियो। तर उक्त फार्मले ५९ हजार ४ सय ७० रुपैयाँ मात्र अनुदान पाएको छ।
कमेन्ट लोड गर्नुस