सुदूरपश्चिममा लोकसेवा खोल्न मन्त्रालयहरु नै बाधक, अझै बुझाएनन् दरबन्दी विवरण
सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशन कार्यान्वयन गर्न प्रदेशका मन्त्रालयहरुले नै अटेरी गरेका छन्। मन्त्रिपरिषद्को कार्यालयले गत मंसिर ६ गते ७ दिनभित्र रिक्त स्थायी कर्मचारीको दरबन्दी प्रदेश लोकसेवा आयोगलाई बुझाउन निर्देशन दिदै पत्र पठाएको थियो। तर उक्त निर्देशन दिएको १० दिनसम्म पनि ५ मन्त्रालयसहित मातहतका कार्यालयले विवरण बुझाएका छैनन्।
कमेन्ट लोड गर्नुस