सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाको छाङ्गरु र टिंकरमा जनगणना हुने, पैदलै जाँदैछन् गणक

दार्चुलाको व्याँस गाउँपालिका वडा नम्बर १ मा पर्ने छाङ्गरु र टिंकर गाउँको जनगणना गर्न गणकहरुको समूह हिँडेका छन्। क्रमशः ३२ सय मिटर र ३६ सय मिटरको उचाइमा पर्ने यी दुई स्थानका लागि भन्दै जिल्ला सदरमुकामबाट २ जना गणकको समूह बिहीबार भारियासहित ४ दिनको पैदल यात्रामा निस्किएको जिल्ला तथ्यांक कार्यालले बताएको छ।

कमेन्ट लोड गर्नुस