सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूर पहाडका ७ जिल्ला जोड्ने मुख्य राजमार्गमा दर्जनौं धराप

गत असोज ३१ गते रातिदेखि तीन दिनसम्म परेको अविरल वर्षाका कारण सुदूर पहाड जोड्ने राजमार्गहरु अवरुद्ध भए। विशेषगरी ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग दर्जन बढी स्थानमा अवरुद्ध भएको थियो। ठाउँ–ठाउँमा खसेको पहिरोसँगै सडक भासिँदा राजमार्ग अवरुद्ध भएको थियो। सामान्य रुपमा पहिरो पन्छाएर आवातजावत सहज बनाएको भएपनि राजमार्ग पूर्णरुपमा सञ्चालन गर्न बेवास्ता भइरहेको बिहीबार मात्रै भीमदत्त राजमार्ग भएर धनगढी पुगेका तपराज भट्टले बताए। ‘बाटो जाम हुने र पहिरोले गर्दा भिरमा अड्किएका ढुङ्गा खस्ने जोखिम छ,’ उनले भने, ‘उक्त स्थानमा सरोकारवालाको पनि उपस्थिती हुँदैन, सडक पूर्णरुपमा सञ्चालन गरेर आवातजावत सहज बनाउनुपर्छ।’

कमेन्ट लोड गर्नुस