सुदूर नेपाललाई विश्वसँग जोड्दै

तिहारपछि फेरि बिहार

आइतबार त्रिनगर गौरीफन्टा नाकामा अछामका हरिश स्वाँर भेटिए। उनी तिहारको टीका नलगाउँदै भारत जान लक्ष्मी पूजाकै दिन घरबाट हिँडेका थिए। आर्थिक अभाव हुँदा भाइटिका पनि लगाउन नपाएको दुखेसो उनको छ। शनिबार साँझ धनगढी पुगेका उनले आर्थिक अभावका कारण रोजगारीका लागि भारतको बिहार जान थालेको बताए। आर्थिक अभावका कारण टीकासमेत लगाउन नपाएको दुखेसो उनले गरे। उनले भने, ‘हिजो भाइटिका थियो, म लक्ष्मी पूजाकै दिन आए। आफुसँग पैसा छैन, दिदीबहिनी टिका लगाउन आए के दिने उनीहरुलाई।’

कमेन्ट लोड गर्नुस