कैलाली–कञ्चनपुरमा ३ दर्जन बढी इँटा उद्योग अवैध रुपमा सञ्चालन
२०७४ माघ २९ गते तत्कालिन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले भुसे इँटा उद्योगले एक वर्षभित्र आधुनिक प्रविधिमा रुपान्तरण नगरे स्वतः खारेज हुने निर्णय गरेको थियो। तर निर्णय भएको ४ वर्ष बितिसक्दा पनि कार्यान्वयन भने अझै हुन सकेको छैन। सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा मात्र ३८ वटा भुसे इँटा उद्योग निर्वाध रुपमा सञ्चालनमा छन्।
कमेन्ट लोड गर्नुस