सुदूरपश्चिमका स्थानीय तहको आनाकानी, लोक सेवा आयोगलाई बुझाएनन् रिक्त दरबन्दी विवरण
प्रदेश लोक सेवा आयोगलाई रिक्त दरबन्दी बुझाउन सुदूरपश्चिमका स्थानीय तहले पनि आनाकानी गरेका छन्। प्रदेश सरकारले मातहतका निकायको विवरण ३ महिनासम्म नबुझाएकोमा स्थानीय तहले पनि ४ महिनासम्म रिक्त दरबन्दीको विवरण बुझाउन आनाकानी गरेका हुन्। प्रदेश लोक सेवा आयोगले स्थानीय तहहरुलाई रिक्त पदहरुको विवरण पठाउन असारमा पत्राचार गरेको थियो। तर अधिकांश स्थानीय तहहरुले रिक्त दरबन्दीको विवरण अहिलेसम्म प्रदेश लोक सेवा आयोगलाई पठाएका छैनन्। निकटका व्यक्ति र कार्यकर्तालाई करारमा भर्ना गर्न भने होडबाजी देखिएको छ।
कमेन्ट लोड गर्नुस