धनगढीमा हुलाकी सडक निर्माण कम्पनीले बालुवा–गिट्टीमा माटो मिसाएको आरोप
हुलाकी सडकको कैलाली खण्डमा आयोजना कार्यालय र निर्माण कम्पनीले चरम लापरबाही गरेको आरोप लागेको छ। कम्पनीले नाली निर्माण र सडक कालोपत्रे गर्ने काममा गुणस्तरहिन निर्माण सामाग्री प्रयोग गरेर झारो टार्ने काम गरेको आरोप लागेको हो। सडकमा गुणस्तरहिन सामग्री प्रयोग भइरहेको धनगढीका स्थानीय विनोद दहालले बताए। ‘बालुवा, गिट्टीमा माटो मिसावट गरेको प्रष्ट देखिन्छ। सडक बलियो हुने त कुरै भएन’ उनले भने।
कमेन्ट लोड गर्नुस