दोधारा चाँदनीका बाढीपीडितको सहारा भारत, नेपाल सरकार उदासीन
शनिबार दिउँसो कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका वडा नम्बर १० सुर्खेता टोलकी क्षमा दमाई बाढीले क्षति पुर्याएको घर मर्मत गरिरहेकी थिइन्। घरमा लिपपोत गरिरहेकी उनको आँगनभरी धान र गहुँ छरिएका थिए। घरभित्र राखेको अन्न बाढीले बगाएर आँगनसम्म पुर्याएको थियो। ‘बाढीले सबै पखालेर लग्यो। खेत बगायाे, घरभित्रको अन्न पनि राखेन। घर फुटायो, अन्न राखेका भाँडा फुटायो। लत्ताकपडा केही राखेन’ उनले दुखेसो गर्दै भनिन्।
कमेन्ट लोड गर्नुस