सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली प्रहरीले प्रमाण लुकाएर आफू अनुकुल मुद्दा दायर गरेपछि पीडितको बिचल्ली

२०७७ फागुन २ गते कैलारी गाउँपालिका वडा नम्वर २ का २३ वर्षीय धिरज चौधरीको हत्या भएको भन्दै आमा मनमती चौधरीले जिल्ला प्रहरी कार्यालय कैलालीमा मुद्दा दर्ता गर्न जाहेरी लिएर गइन्। तर प्रहरीले मुद्दा दर्ता गर्नै मानेन। पटक–पटक मुद्दा दर्ता गर्न प्रहरीमा जाँदा पनि मृतककी आमा मनमतीको जाहेरी प्रहरीले लिएन। तत्कालिन जिल्ला प्रहरी कार्यालय कैलालीको मुद्दा फाँटमा कार्यरत दानबहादुर रोकायाले घटना घटेको ४ दिनपछि मात्र पीडितको बयानविपरीत मुचुल्का तयार पारेर आत्महत्या दुरुत्साहन लेख्न लगाएपछि मात्र पीडितको मुद्दा दर्ता भयो।

कमेन्ट लोड गर्नुस