सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको कमाण्ड सम्हालेका थापा भन्छन्, ‘लागुऔषध नियन्त्रणलाई प्राथमिकतामा राख्छु’

कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले लागुऔषध कारोबार नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन्। आइतबार कैलालीका पत्रकारसँग परिचयात्मक कार्यक्रममा उनले यस्तो बताएका हुन्। ‘जिल्लामा एक सय २ किलोमिटर क्षेत्र भारतसँग जोडिएको छ’, उनले भने, ‘भारतबाट लागुऔषधको कारोबार हुन्छ। मानव तस्करको पनि जोखिम छ। नियन्त्रण हाम्रो प्राथमिकतामा रहन्छ। त्यसका लागि भारतीय सुरक्षा पक्षसँग छलफल गर्छाै।’

कमेन्ट लोड गर्नुस