डडेल्धुरामा आलु थन्कियो, कमिसनको चक्करमा भारतीय आलु खरिदबिक्री
डडेल्धुराका किसानले आफूसँग भएको आलुको बीउ बिक्री नभएको गुनासो गरेका छन्। जिल्लामा आलु खेती प्रसस्त हुने भए पनि किसानले भने कोल्डस्टोरमा राखिएको स्थानीय आलुको बीउ बिक्री नहुँदा मर्कामा परेको बताएका हुन्। स्थानीय तहहरुले किसानबाट सोझै बीउ खरिद नगर्दा पहाडी बीउ भनेर तराई र भारतीय आलु खरिदबिक्री भइरहेको गुनासो उनीहरूले गरेका छन्।
कमेन्ट लोड गर्नुस