सुदूरपश्चिममा बीमा कम्पनी र एजेण्टको आतंक, सर्वसाधारण मर्कामा
सुदूरपश्चिममा जीवन बीमा कम्पनी र तिनका एजेण्टका कारण बिमित मर्कामा पर्न थालेका छन्। विभिन्न बीमा कम्पनी र तिनका एजेन्टहरुले जबरजस्ती ठूलो रकमको बीमा गराउने तर जोखिम या आर्थिक समस्या परे कुनै सहयोग नगर्ने गुनासो सर्वसाधारणले गर्न थालेका हुन्। आर्थिक समस्या परेर बीमालेख सरेण्डर गरी पैसा फिर्ता माग्न खोज्दा बीमा कम्पनीहरुले विभिन्न नियम देखाएर रकम फिर्ता नगर्ने गरेको बीमा गराएकाहरुले गुनासो गर्न थालेका छन्।
कमेन्ट लोड गर्नुस