सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ल्याब टेष्टबिना निर्माण भए सडक, आयु नपुग्दै भत्किन सुरु

धनगढी उपमहानगरपालिकाले आर्थिक वर्ष २०७७÷७८ को वार्षिक नीति, कार्यक्रम तथा बजेट पुस्तिकामा अहिलेसम्म उपमहानगरपालिकाभित्र २ सय २ किलोमिटर सडक कालोपत्रे भएको उल्लेख गरेको छ। तर कालोपत्रे गरिएका अधिकांश सडक आयु नपुग्दै भत्किन थालेका छन्। ल्याब टेष्टबिना निर्माण गरिएका कालोपत्रे सडक निर्माण सम्पन्न नहुँदै भत्किन थालेका हुन्। कतिपय कालोपत्रे सडक बिग्रिनुमा सडकको डिजाइन, प्रयोगविधी र प्रयोग भएका पदार्थहरुको गुणस्तर जिम्मेवार छन्। धनगढी उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र निर्माण हुने कालोपत्रे सडक न्यूनतम कति इन्चको हुने भनेर नीति नै बनाउन सकेको छैन।

कमेन्ट लोड गर्नुस