सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा मासु पसलको विवादले सधैँ तनाव, चक्कु हानाहान !

धनगढीमा मासु पसल सञ्चालनका विषयमा दुई पक्षबीच विवाद झनै बढ्न थालेको छ। मस्जिदसँगै मासु पसल सञ्चालन गरिरहेका पप्पु कुरेसी पक्ष र उक्त पसल बन्द गराउनुपर्ने माग गर्दै आएको अर्को पक्षबीच विवाद बढ्न थालेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले मासु पसल सञ्चालनको विवाद बढ्न थालेपछि धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा दुवै पक्षबीच दैनिक तनाव भइरहेको बताए। ‘एक पक्षले अर्को पक्षलाई आरोप लगाउने क्रम जारी छ,’ उनले भने।

कमेन्ट लोड गर्नुस