सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेशको राजधानी गोदावरी र नाम सुदूरपश्चिम पारित

प्रदेश नम्वर ७ को राजधानी गोदावरी र नाम सुदूरपश्चिम राख्ने संसदीय समितीको प्रस्ताव बहुमतले पारित भएको छ। आज बसेको प्रदेश सभा बैठकले  प्रदेश नम्वर ७ को राजधानी गोदावरी नगरपालिका वडा नम्वर २ तेघरी र नाम सुदूरपश्चिम राख्ने प्रस्ताव बहुमतले पारित गरेको हो।

उक्त प्रस्ताव संसदमा निर्णयार्थ प्रस्तुत गरिएपछि ३८ जना प्रदेश सभा सदस्यहरुले पक्षमा मत दिएसंगै प्रदेश नम्वर ७ को राजधानी तेघरी र नाम सुदूरपश्चिम भएको सभामुख अर्जुन थापाले घोषणा गरेका हुन्। 
प्रदेश सभा सदस्य तारालामा तामाङ नेतृत्वको संसदीय समितीले पेश गरेको प्रस्तावमा भने प्रतिपक्ष दल नेपाली कांग्रेस र राजपाले मतदान गरेका थिएनन्। उक्त प्रस्ताव प्रदेश सभाले छलफलका लागि पास गर्नुपुर्व नै प्रतिपक्ष दल नेपाली काग्रेस र राजपाका सासंद बैठक बहिष्कार गर्दै बाहिरीएका थिए।

सत्तापक्षकै सासंदको उपस्थितीमा संसदीय समितीको प्रस्तावलाई बैठकले छलफलका लागि पास गरेको थियो। छलफलपछि मात्रै उक्त प्रस्ताव मतदानका लागि निर्णयार्थ प्रस्तुत गरिएको थियो। प्रतिपक्ष दल सदनबाट बाहिरिएपछि बहुमतको आधारमा प्रदेशको राजधानी र नाम टुङगो लगाईएको हो।

 ५३ मध्ये ३९ जना सांसद् रहेको सत्ता पक्षले बहुमतले राजधानी र नाम निर्धारण गरेको हो। यसअघि साढे ११ बजे बोलाईएको प्रदेश सभा बैठक भने नेपाली काग्रेसका प्रदेश सभा सदस्यहरुले रोष्टम घेरा उगर्दै अवरुद्ध पारेका थिए। 

कमेन्ट लोड गर्नुस