सुदूर नेपाललाई विश्वसँग जोड्दै

जब नारीलाई खेलौना बनाईन्छ ?

कैलालीको धनगढी उप–महानगरपालिका १४ फुलबारीका महिलाहरुले तीज गीत मार्फत १३ वर्षिया किशोरी निर्मला पन्तको बलात्कारपछि गरिएको हत्या घटनाका दोषीलाई कारवाहीको माग गरेका छन । निर्मलाका हत्यारा पत्ता लगाउन सरकारले नसकेको भन्दै उनिहरुले तीजका गीत मार्फत सांकेन्तीक रुपमा सरकारको आलोचना गरेका हुन । नेपालमा राष्ट्रपति महिला भएपनि महिलाहरुले अन्याय सहेर बसेका भन्दै उनिहरुले तीज गीत मार्फत न्यायको खोजी गरेका छन । कैलालीको घोडाघोडी नगरपालिकमा देउकलीयाकी राधा चौधरीले बोक्सीको आरोपमा कुटीनु परेको भन्दै सामाजिक जगरुप्ताकालागि उनिहरुले तीज गीत गाएका हुन । कुटोकोदालो आधुतिक कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा तीज गीत तथा नृत्य प्रतियोगिताको आयोजना महिलाहरुले मौलिक तीज गीत मार्फत बलात्कारका घटनामा कमी ल्याउन सरकारले केही नगरेको गुनासो समेत गरेका छन । भिडियो:रोशन भट्ट

कमेन्ट लोड गर्नुस