सुदूर नेपाललाई विश्वसँग जोड्दै

मौलिक स्वादका पारखीको रोजाईमा धनगढीको खाना महोत्सव

 होटल व्यवसायी संघ कैलालीले आयोजना गरेको सुदूरपश्चिम खाना महोत्सवमा मौलिक खानाका परिकारको स्वाद लिन पाउँदा ग्राहकहरु दंग भएका छन्। सुदूरपश्चिमका मौलिक परिकारको स्वाद चाख्न नपाएकाहरु फरक स्वाद लिन पाउँदा दंग भएका हुन्। विहीवारदेखि धनगढीको खुलामञ्चमा जारी महोत्सवमा ग्राहकहरुले फरक स्वादका मौलिक परिकार खाईरहेको होटल व्यवसायी संघका सचिव आभेष चन्दले बताए। 

देशका अन्य भागबाट आएका र विश्वका विभिन्न देशबाट आएका साहित्यकार अझ वढी मौलिक स्वादमा रमाईरहेको उनले बताए। उनका अनुसार सँगै जोडिएको परिसरमा विश्व नेपाली साहित्य महोत्सव भईरहँदा त्यसमा सहभागी हुन आएका साहित्यकार र अन्य सहभागिले फाडोलाई निकै मन पराईरहेका छन्। उनीहरुले पहिलो पटक फाडो खाँदा स्वादिष्ट लागेको प्रतिक्रिया दिईरहेका छन्। सचिव चन्दले भने, ‘सुदूरपश्चिमका सम्पूर्ण जिल्लाहरुका परम्परागत खानाका परिकारहरु, यस क्षेत्रको विशेष महत्व बोकेको तथा प्रचलित खानाका परिकारहरु र विभिन्न समुदाय तथा जातजातिका खानाका परिकारहरुलाई पाहुनाले मन पराईरहेका छन्।’

कमेन्ट लोड गर्नुस