सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका पर्यटकीय स्थलहरुको स्पष्ट जानकारी र सूचनाको अभाव

नेपाल भ्रमण वर्ष सुरु भएसँगै सुदूरपश्चिममा पनि आन्तरिक र बाह्य पर्यटक घुम्न आउने क्रम सुरु भएको छ। सुदूरपश्चिमका पर्यटकीय स्थल घुम्न छिमेकी भारतबाट आउने पर्यटकको घुईचो नै लाग्न थालेको छ। तर पर्यटकीय स्थलबारे स्पष्ट जानकारी र सूचना मुलक संकेतको अभावले पर्यटकहरु समस्यामा पर्न थालेका छन्। उनीहरुलाई सूचनाको अभावमा पर्यटकीय स्थलमै पुग्न सकस भएको छ। सीमा नाका तथा राजमार्ग क्षेत्रमा सूचना मुलक संकेतको अभाव नहुँदा खान, बस्न तथा अन्य सुुविधा पाउन मुस्किल भएको गुनासो गरिएको छ।

कमेन्ट लोड गर्नुस