सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम प्रदेशमा पनि भ्रमण बर्षको सुरुवात

सुदूरपश्चिम प्रदेशमा पनि लोकसस्कृतीको प्रदर्शनीसंगै बुधबार नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ गरिएको छ। धनगढीमा आयोजित मुल समारोहमा प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश भ्रमण बर्षको लोगो अनावरण गर्दै भ्रमण बर्षको शुभारम्भ गर्नुभएको थियो। सो अवसरमा प्रदेशका अन्य मन्त्रीहरुको समेत सहभागिता रहेको थियो भने भ्रमण बर्षलाई सफल पार्न थुप्रै योजना समेत उद्धघोष गरिएको छ। प्रदेशमा पर्यटक भित्र्याउनका लागि धार्मीक करिडोर बनाउने र गाउँ–गाउँमा होमस्टेको अवधारण सहितका योजना ल्याईएको छ। पर्यटकलाई लक्षित गरी पर्यटन प्रहरी गठन गर्ने उद्घघोष समेत कार्यक्रम मार्फत गरिएको छ।

कमेन्ट लोड गर्नुस