सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको सहरा घर, सहाराको खोजीमाः आश्रयमा रहेका असहायको उपचारमा समस्या

पूर्वपश्चिम राजमार्ग अन्तरगत कैलालीको बौनिया बजारदेखि झण्डै १० मिनेटको मोटरबाटोको यात्रा पछि बर्दगोरिया गाउँपालिका वडा नम्बर २ को चुरे फेद नजिक रहेको सहारा घर पुगिन्छ। पछिल्लो समय चिसो बढ्दै गएपछि सहारा घरमा आश्रीत असहायहरुलाई झाडापखाला लागेको छ।

तर उनीहरुको उपचारमा समस्या भएको छ भने न्यानो लुगा कपडा, दैनिक खाद्य समाग्री, जुत्ता चप्पलको पनि समस्या रहेको छ। उनीहरु मध्ये अधिकांश मनोरोगी छन, त कोही भने कतै सहारा नपाएपछि प्रहरी र स्थानीय निकायले सिफारिस गरी पठाएका छन्। स्वंयम संस्थाले समेत सडकबाट उद्दार गरेर ल्याएकाहरु पनि छन्। सहारा घरमा आश्रय पाएपछि भने उनीहरुको अवस्था सुधार हुदै गएको छ तर केहीले भने बाहिरको मान्छे पुग्ने बितिकै विगतलाई सम्झीदै विरहका गीत सुनाउँन थाल्छन्। बौनियाकै बल बहादुर विष्ट दम्पत्तीले विस २०७० सालमा असहायका लागि सहयोगी हात सहरा घर नेपाल संस्था स्थापना गरेका हुन्।

२०७० सालमै बौनियाको सडकपेटीबाट एकजना प्रेम मनोरोगीको उद्दार गर्दै घरमै स्याहार सुसार गरी निको भएदेखि नै निरन्तर सेवामा खटिएको विष्ट दम्तीले बताउँछन्। स्थापना कालदेखि हाल सम्म मनोरोगी, वेसहारा, वेपत्ता तथा वेवारिसे अवस्थामा भेटिएका समेत गरी एक सय एक जनाको उद्दार गरिसकेको सहरा घरले ५३ जनाको घरपरिवारसंग पुर्नः मिलन गराईसकेको छ। असहायका लागि सहयोगी हात सहारा घर नेपालका अध्यक्ष बल बहादुर विष्टले एकजना प्रेम मनोरोगी सडकमा शरिरमा किरा परेर मरणासन्न अवस्थामा पुगेको स्थितीमा उद्दार गरी औषधी उपचार गर्दै मानव सेवामा सक्रिय भएको बताउँछन्।

उनले सुरुमा घरमै वेसहारा र सडक छापलाई आश्रय दिदै आएकोमा पछिल्लो पटक विभिन्न दातृ निकायको सहयोगमा २०७४ सालमा आफ्नै घर निर्माण गरी सेवा गर्दै आएको सुनाए। मुठी दान र विभिन्न संघसंस्थाको सहयोगमा सञ्चालन गरिदै आएको सहरा घरमा आश्रीत भएकाहरुलाई आवश्यक पर्ने खाद्यान्न, लुगाफाटो लगायतको अभाव भने टार्न नसकेको विष्टले बताए। तर बेला बखत खाद्यान्न र लुगाफाटोको अभाव दानदाताबाट आशिंक रुपमा टार्ने गरिए पनि औषधी उपचार गर्न भने चुनौतीपूर्ण रहेको उनले जनाए। ‘स्वास्थ्य संस्था टाढा भएका कारण विरामी पर्दा उपचार गराउन लैजान समस्या छ।

कमेन्ट लोड गर्नुस