सुदूर नेपाललाई विश्वसँग जोड्दै

गौरीफन्टा नाकामा चाडपर्व लक्षित सहायता कक्ष स्थापना

गौरीफन्टा नाकामा चाडपर्व लक्षित सीमा सहायता कक्ष स्थापना गरिएको छ। दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै कैलालीको गौरीफन्टा नाकामा सहायता कक्ष स्थापना गरिएको हो। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले संयुक्त रुपमा गौरीफन्टा नाकामा सहायता कक्ष स्थापना गरेका हुन्। चाडपर्वका समयमा घर फर्किने नेपालीहरुलाई समस्या नहोस भन्नका लागि गौरीफन्टा नाकामा सीमा सहायता कक्ष स्थापना गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए।

‘नेपालीहरुबाट विद्युतीय रिक्सा चालकले बढि रकम लिने गरेको खबर आएको छ,’ प्रमुख जिल्ला अधिकारी बोहराले भने, ‘गौरीफन्टाबाट धनगढी जाने यात्रुहरुलाई लाग्ने खर्चका बारेमा पनि हामी जानकारी दिन्छौ।’ सुरक्षित आवागमनका लागि समेत सहायता कक्षले टेवा पुगाउने विश्वास उनको छ। दशैँ, तिहारमा भारतबाट फर्किने नेपालीसंगै नेपालबाट फर्किने भारतीयलाई सीमा सहायता कक्षमा रहेका दुबै देशका प्रहरी अधिकारीले सहयोग गर्ने बताइएको छ।

https://dineshkhabar.com/article/14271

कमेन्ट लोड गर्नुस