कञ्चनपुरकी सन्ध्या जोशी भ्यान चलाउँदै सुदूरपश्चिममा परम्परागत सोचलाई चुनौती दिइरहेकी छिन्।
"महिलाको मुनि बसेर काम गर्दा मान्छेले कुरा काट्छन्" भन्दै पुरुष चालकहरूले छोडेपछि कञ्चनपुरकी सन्ध्या जोशी आफैँले स्टेयरिङ सम्हालिन्। आज उनी सुदूरपश्चिमका सडकमा भ्यान मात्र चलाउँदिनन्, समाजको परम्परागत सोचलाई समेत चुनौती दिइरहेकी छिन्।
कमेन्ट लोड गर्नुस