सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको फाप्ला क्रिकेट मैदान निर्माणका लागि जग्गाको भोगाधिकार प्राप्त भएन

प्रदेश सरकारले गौरवको योजना घोषणा गरेपनि धनगढीको फाप्ला क्रिकेट मैदान निर्माणका लागि जग्गाको भोगाधिकार अझै पाएको छैन्। फाप्ला क्रिकेट मैदान निर्माणका लागि तीन तहको सरकारले बजेट विनियोजन गरेपनि जग्गाको भोगाधिकार नै नपाएपछि फ्रिज गएको छ भने भोगाधिकार पाउने संकेत देखिएको छैन्। प्रदेश सरकारले झण्डै पाँच महिना अगाडी नै जग्गाको भोगाधिकारका लागि संघीय सरकारलाई फाईल पठाएपनि अहिले सम्म जग्गा प्राप्त भएको छैन्।

जसले गर्दा क्रिकेटको शहरका रुपमा विकास भईरहेको धनगढीमा अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माणका लागि बाटो खुल्ला हुन सकेको छैन्। जग्गाको भोगाधिकार नै नपाएकाले प्रदेश सरकारले विस्तृत परियोजना प्रतिवेदनको काम समेत अगाडी बढाउन सकेको छैन्।प्रदेश सरकारले फाप्ला क्रिकेट मैदानको योजनालाई गौरवको योजनामा राख्ने निर्णय गरेपनि अहिले पनि उक्त जग्गा जिल्ला प्रशासन कार्यालय कैलालीको नाममा छ।

उक्त कुरा पत्ता लगाउन समेत प्रदेश सरकारलाई झण्डै तीन महिना लागेको थियो भने त्यसपछि जग्गाको भोगाधिकारका लागि प्रक्रिया थालेको ५ महिना पुगिसक्दा समेत जग्गाको भोगाधिकार नपाएको प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता झंकरबहादुर विष्टले बताए। उनले पुनः फायल मन्त्रालयका सचिवलाई दिएको जानकारी दिए।

जिल्ला प्रशासन कार्यालय संघीय सरकार मातहतमा रहेकाले जग्गा प्राप्तीका लागि प्रदेश सरकारले पनि संघीय सरकारकै मुख ताक्नु परेको छ। गत आर्थिक वर्षमा संघीय, प्रदेश र स्थानीय सरकारले १८ करोडभन्दा बढी बजेट फाप्ला क्रिकेट मैदानका लागि विनियोजन गरेका थिए भने काम भएको भए थप २० करोड बजेट विनियोजनको तयारी समेत भईसकेको थियो। तर जग्गा प्राप्तीमै समय लागेपछि आएको बजेट फिर्ता गएको छ।

नीजि क्षेत्रबाट सञ्चालन भएको ड्रिम फाप्ला अभियानबाट पनि मैदान निर्माणका लागि ८ लाख संकलन भएको छ। प्राइभेट पब्लिक पार्टनरसिप (पीपीपी) मोडेलबाट मैदान निर्माण गर्दा सबैभन्दा उपयुक्त हुने तर्क ड्रिम फाप्लाका अभियन्ता सुवास शाहीले बताए। उनले डिपिएल चौथो संसकरणका लागि तयारी थालिएको बताए। 

फाप्ला क्रिकेट मैदानमा अहिले जग्गाको भोगाधिकारमा देखिएको विवादले कुनै काम नभएपनि विगतमा भने विभिन्न काम भईसकेका छन्। मैदानमा पिच निर्माण भएको छ भने भने तारवार समेत भईसकेको छ। अहिले सम्म जिल्ला खेलकुद विकास समिति मार्फत नै ६० लाख बढि फाप्ला क्रिकेट मैदानमा खर्च भईसकेको छ।

जग्गा प्राप्ती नै नभएपछि प्रदेश सरकारले बजेट हुँदा हुँदै विस्तृत परियोजना प्रतिवेदनको काम समेत अगाडी बढाउन सकेको छैन्। हुन त नीजि क्षेत्रबाट फाप्ला क्रिकेट मैदानको गुरुयोजना नै बनिसकेको छ तर अहिले सम्म कुन मोडेलमा मैदान निर्माण गर्ने विषयमा समेत टुङगो लागेको छैन्।

प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले संघिय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा फायल प्रक्रियामा रहेको बताए। गत आर्थिक वर्ष जग्गाको अधिकार नभएकाले रकम खर्च गर्न नसकिएको तर चालु आर्थिक वर्षमा काम हुने उनको दावि छ।

कमेन्ट लोड गर्नुस