सुदूर नेपाललाई विश्वसँग जोड्दै

फुलवारी खानेपानी आयोजना : आठ वर्षमा ३५ प्रतिशत प्रगती

धनगढीको फुलवारीमा निर्माणाधिन अवस्थामा रहेको खानेपानी आयोजनाको काम कछुवा गतिमा रहेको पाईएको छ। फुलवारी क्षेत्रका झण्डै दुई हजार पाँच सय घरधुरीलाई खानेपानी वितरण गर्ने उद्देश्यले आर्थिक वर्ष २०६८/०६९ देखि निर्माण थालिएको फुलबारी डिपो खानेपानी आयोजनाको काम कछुवा गतिमा रहेको पाईएको हो।

झण्डै १५ करोडको लागत स्टीमेट गरी काम थालिएको सो योजनामा वर्षेनी न्युन बजेट विनीयोजन गरिदै आएपछि कामले गती नलिएको हो। उक्त आयोजनामा वर्षेनी न्युन बजेट हालेर उपभोक्ता समिति मार्फत काम गरिदै आएको छ। खानेपानीको आशामा बसेका स्थानीयको पर्खाई लम्बीदै गएको फुलवारीका स्थानीय कृष्ण घर्तिमगरले बताए।

उनले आँठ बर्ष सम्म पनि खानेपानी आयोजनाको निर्माण सम्पन्न नहुँदा दुषित पानी पिउनु परेको गुनासो गरे। आयोजनाका लागि स्थानीयले १९ प्रतिशत अर्थात तीन करोड बराबरको जनश्रमदान समेत गर्नुपर्ने छ। करिव १५ हजार जनसंख्या रहेको उक्त क्षेत्रमा दुई हजार पाँच सय भन्दा बढी घर दुरी रहेका छन।

खानेपानी मर्मत कोष अन्र्तगत उपभोत्ताले एक प्रतिसत जम्मा गर्नुपर्ने प्रावधान रहेको छ। उपभोक्ता समितिका अनुसार एक घरबाट आठ सयका दरले रकम उठाउने निर्णय गरिएको छ। उक्त रकम करिव १८ लाख भन्दा बढी जम्मा हुनु पर्ने हो तर हाल सम्म ६ लाख मात्र जम्मा भएको र अन्य रकम उठ्नै वाकी रहेको खानेपानी तथा सरसफई समितिका अध्यक्ष मानबहादुर विष्टले बताए।

हाल सम्म आयोजना अन्र्तगत पाँच कारोड ४५ लाख खर्च गर्दै दश किलोमिटर पाईप लाईन विस्तार, दुई ओटा ओभर हेड ट्ङ्यकी , चार ओटा वोरिङ, दुई ओटा कार्यालय भवन निर्माण र दुई ओटा कम्पाउण्ड वाल निर्माण गरिएको छ।

१४ करोड ६७ लाख ७५ हजारको लागत स्टमेट रहेको योजनामा सुरुका दुई वर्ष एक/एक करोड वजेट विनियोजना भएपनि पछिल्ला वर्षहरुमा भने १५ लाख भन्दा बढी बजेट विनियोजना नभएको खानेपानी डिभिजन कार्यालय धनगढीका ईन्जिनियर तथा सूचना अधिकारी गणेश उपाध्यायले बताए।

जम्मा लागत स्टमेट मध्ये ८० प्रतिसत नेपाल सरकारले व्यहोर्ने तथा २० प्रतिसत उपभोक्ताले श्रमदान गर्ने सम्झौता भएको थियो। एकातिर स्टीमेट अनुसार तीन करोड बरावरको श्रमदान गर्नु पर्ने भएपनि उपभोत्ताले चासो नदिएको बताईएको छ भने अर्को तिर न्यून बजेट विनियोजन हुने गरेका कारण आठ वर्षमा ३५ प्रतिसत मात्र प्रगती भएको छ।

त्यसैले अहिलेकै अनुपातमा बजेट विनियोज भए र उपभोक्ताले श्रमदान नगरे योजना सम्पन्न हुन अझै १५ वर्ष लाग्ने देखिएको छ। 

(फुलवारीबाट कामदेव ओझाको सहयोगमा)

कमेन्ट लोड गर्नुस