सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश सरकारको बजेट कार्यकर्तामुखी हुदाँ भ्रष्ट्रचार मौलाएको युवाहरुको तर्क

सुदूरपश्चिम प्रदेश सरकारको बजेट कार्यकर्तामुखी हुँदा भ्रष्टाचार मौलाएको आरोप लागेको छ। शनिवार फायरवड्र्स कन्क्लेभ धनगढी सिरिजमा बोल्दै सहभागीहरुले कार्यकर्ता पाल्नकै लागि प्रदेशको बजेट केन्द्रित भएको र यसले भ्रष्टाचार मौलाएको आरोप लगाएका हुन्। धनगढीका युवा निश्चल जोशीले कार्यकर्ता पाल्नैका लागि कार्यक्रम दिदै आएको सरकारले १८ महिना हुँदा पनि सम्बृद्धिको मार्ग तय गर्न नसकेकोे बताए। 
सुन्दर सुदूरपश्चिम अभियानका अभियान्ता गोपाल हमालले सरकार यहि गतिमा गए सम्बृद्धिका लागि एक सय बर्ष लाग्ने बताए। सरकारको काम गर्ने तरिकारले आफ्नै पालामा सम्बृद्धि देख्न नपाइने उनले बताए। राणा शासन, राजतन्त्र, लोकतन्त्र हुँदै देश संघिय गणतन्त्रमा आएपनि ईच्छाशक्ति नभए परिवतर्न सम्भव नभएको उनको तर्क छ।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले युवाहरुलाई बिना धितो ऋणको लागि स्वरोजगारको योजना ल्याएको जानकारी गरे। उनले नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्रले मात्र स्वरोजगार ऋण पाउने बताए।  
कार्यक्रममा सबै युवाहरुले जनशक्ति पलायनको समस्या रोक्न स्वरोजगारका प्रभावकारी कार्यक्रम ल्याउन समेत आग्रह गरेका छन्।कार्यलक्रमलाई तीन भागमा विभाजन गरिएको थियो। राजनीति, सुदूरपश्चिमको आर्थिक सम्बृद्धि तथा  शिक्षा, स्वास्थ्य र उद्यमशिलतामा कार्यक्रमलाई बिभाजन गरिएको थियो। राजनीति भागमा धनगढी उप–महानगरपालिकाका मेयर नृपबहादुर वड, साझा पार्टीका प्रवक्ता डा. सुर्यराज आर्चाय र नागरिक समुहका अध्यक्ष निगम हुमागाईसंग कार्यक्रमका सहभागीले राजनीतिको बारेमा अन्तरक्रिया गरेका थिए।
सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बोहरा, सुन्दर सुदूरपश्चिमका अभियान्ता गोपाल हमाल र ज्योति विकास बैँकका सिइयो मनोज ज्ञवाली सँग युवाहरुले प्रदेशको आर्थिक सम्बृद्धिका मुद्दाहरुको बारेमा अन्तरक्रिया गरेका थिए। तेस्रो भाग शिक्षा, स्वास्थ्य र उद्यमशिलतामा कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा.पदमराज जोशी,  स्टेपिङ्ग स्कुलका रामजी हमाल, युवा उद्यमी पुस्कर ओझा र निसर्ग अस्पतालका अध्यक्ष तिर्थराज पन्तसंग अन्तरक्रिया भएको थियो। 

कमेन्ट लोड गर्नुस