जिर्ण बन्दै चुरेको गर्भा दरबार
गर्भा दरबार नेपालको राणाकालीन दरबार हो ।
यो तल्लो बोगटान अन्तर्गत पञ्चायतकालको निगाली गाउँ पञ्चायत वार्ड नम्बर ८ त्यस पछि कैलाली जिल्ला साविक खैराला गाउँ विकास समिति वार्ड नम्बर ३ र वर्तमान चुरे गाउँपालिका वार्ड नं ४ मा रहेको छ ।
गर्भा दरबारको निर्माण खड्कशमशेर राणाले गरेका हुन्।यो दरबार वि.स. १९८४ मा निर्माण भएको मानिन्छ
यो स्थान कैलाली जिल्ला गौरीगंगा नगरपालीकाको चौमाला बजारबाट उत्तरतर्फ पैदल यात्राको दुरीमा पर्दछ ।
यस दरवारमा चौमालाका ईटा, तराईभावरका सालका काठ र टिनको छाना प्रयोग गरिएको छ । तत्कालीन जन्ताहरुबाट यी समग्री तराईबाट बोकाएर राणाले यो तीन तले दरवार निर्माण गराएका थिए ।
फोटो : कमलराज गिरी
२०७५ फाल्गुन १२, ११:०८
कमेन्ट लोड गर्नुस