त्रिनगर नाकामा तालिम प्राप्त कुकुरसहित 'सरप्राईज चेकिङ' (फोटो फिचर)

कैलाली प्रहरीले त्रिनगर–गौरीफन्टा सीमा नाकामा तालिम प्राप्त कुकुर सहित चेकजाँच थालेको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको कुकुर शाखाका तालिम प्राप्त कुकुर सहित आजदेखि नाकामा सरप्राईज चेकजाँच सुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक हिक्मत थापाको नेतृत्वको टोलीले पहिलो दिन लागु औषधलाई लक्षित गर्दै सरप्राईज चेकिङ गरेको हो।

प्रहरी निरिक्षक थापाले चाडपर्वका बेला सीमा नाकामा हुन सक्ने अपराधिक गतिविधि रोक्न तथा चोरी तस्करी नियन्त्रणका लागि नाकामा तालिम प्राप्त कुकुर सहित चेकजाँच सुरु गरिएको जानकारी दिए।
२०७७ असोज २७, ०५:१५
कमेन्ट लोड गर्नुस