धनगढीमा यसरी भित्र्याईयो फुलपाती (फोटो फिचर)
वडादसैंको सातौ दिन शनिवार परम्परा अनुसार घर–घरमा फूलपाती भित्र्याइएको छ।
सप्तमीका दिन सबै नेपालीका घरघरमा उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती र अशोकको फूल तथा अन्य नयाँ पालुवासमेत विधिपूर्वक फूलपाती भित्राइन्छ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले पनि धनगढीमा हर्षबढाइँका साथ फूलपाती भित्र्याएका छन्।
नेपाली सेना र सशस्त्रले धनगढीकै नैनादेवी मन्दिर र नेपाल प्रहरीले वनदेवी मन्दिरमा फुलपाती भित्र्याएका हुन्। सोही अवसरमा बोकाको बली पनि दिईएको छ।
२०७६ असोज १८, १०:१५
कमेन्ट लोड गर्नुस