सुदूर नेपाललाई विश्वसँग जोड्दै

उपप्रधान तथा सहकारी मन्त्री सिंहलाई ज्ञापन पत्र बुझाउँदै नगर प्रमुख हमाल (तस्विरहरु)

धनगढी उपमहानगरपालिकाको १० औँ स्थापना दिवसको प्रमुख अतिथिसमेत रहेका मन्त्री सिंहलाई नगर प्रमुख हमालले पाँच बुँदे ज्ञापन पत्र बुझाएका हुन्।

नगर प्रमुख हमालले धनगढीलाई ‘स्याटेलाईट’ सिटी अर्थात् बस्ती विकासको योजनाका बजेट विनियोजन, धनगढीमा नयाँ बसपार्क निर्माणका लागि बजेट, धनगढी उपमहानगरपालिकाको १ देखि १९ वडासम्मका ८५ किलोमिटर रिङरोड निर्माणका लागि बजेट, धनगढी–११ मा जग्गा विकास कार्यक्रमका लागि बजेट र धनगढी–८ मा निर्माण भएको सिटी हल सञ्चालनका आवश्यक पूर्वाधार जडानका लागि बजेट विनियोजन गर्न माग गरेका छन्।

धनगढीमा २०७९ सालमा निर्माणको काम पूरा भएको सिटी हलमा आवश्यक पूर्वाधारको अभावले सञ्चालनमा आएको छैन। नगर प्रमुख हमालले उपकरण तथा पूर्वाधार जडान नभएकाले सिटी हल हस्तान्तरण हुन बाँकी रहेको बताएका थिए।

उपप्रधान तथा सहरी विकास मन्त्री सिंहले ११ औँ स्थापना दिवस नेपाल सरकारको लागनीमा निर्माण गरिएको सिटी हलमा सञ्चालन गर्न सकिने बनाउने प्रतिबद्धता दिएका छन्। उनले धनगढी सिटी हलमा आवश्यक उपकरण जडान तथा पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गर्ने बताएका हुन्।

२०८१ असोज १, ०६:०५
कमेन्ट लोड गर्नुस