धनगढीका भरत सिंहको चित्रकलाका पारखी बलिउड अभिनेता अमिताभ

डोटी जन्मथलो भई कैलालीको धनगढी उप–महानगरपालीका वडा नम्वर ६ मट्यारीका भरत सिंह धेरैको सपनाको शहर भारतको मुम्वैमा छन्। जिवन र जगतलाई कुचीको माध्यमबाट चित्र बनाउदै सिह विगत लामो समयदेखी मुम्वैमा चर्चामा छन्।

अहिले भरतको चित्रको पारखी बलीवुडका चर्चीत कलाकारदेखी प्रतिष्ठीत व्यापारी पनि छन्। सोही क्रममा बलिउड अभिनेता अमिताभ बच्चनले पनि उनको चित्रकलाको धेरै पटक तारिफ गरिसकेका छन्।

नेपालमा चित्रहरुको मुल्य अहिले पनि हजारमै रहेका बेला भरतसंग एउटै चित्र १२ लाखमा विक्री गरेको पनि अनुभव छ।


२०७६ जेठ ८, ०५:२९
कमेन्ट लोड गर्नुस