फोटोमा निर्माणाधिन सहजपुर–बोगटान सडक

३४ बर्ष सम्म पनि सहजपुर–बोगटान सडक कालोपत्रेका लागि ५ महिना अगाडी ठेक्का सम्झौता भएपछि अहिले स्वरबृद्धिको काम भईरहेको छ। ३ अर्व ५ करोडमा ५० किलोमिटर सडक निर्माणका लागि ठेक्का सम्झौता भएको थियो। फागुनमा प्रधानमन्त्री केपी शर्मा ओलीले सडकको उद्वघाटन गरेका थिए।

तर वातावरणीय प्रभाव मुल्याङकन तयार नहुँदा अहिले सडक निर्माणको काम प्रभावित भएको छ। सहजपुरदेखि ५० किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का सम्झौता भएकोमा झण्डै ४० किलोमिटर सडक वन क्षेत्रमा पर्ने भएकाले स्तरवृद्धीको काम समेत प्रभावित भएको हो।

वन क्षेत्रमा नपर्ने १० किलोमिटर सडक क्षेत्रमा भने स्तरवृद्धीको काम लगभग सकिएको सहजपुर–वोगटान सडक आयोजना कार्यालयले जनाएको छ।






२०७६ वैशाख ३१, ०६:५२
कमेन्ट लोड गर्नुस